टिभिएस कम्पनीले रोनिन बाइकको २०२५ संस्करण सार्वजनिक गरेको छ।
भारतको गोवामा सम्पन्न टिभिएस मोटोसोलमा सार्वजनिक गरिएको हो।
यो अपडेटेड मोडल अब मिड–स्पेक भेरियन्टमा डुअल–च्यानल एबिएसको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
२०२५ संस्करणको यो बाइकमा नयाँ रंग विकल्प र सेफ्टी फिचरहरू थपिएका छन्।
यो बाइक जनवरी २०२५ देखि मात्रै बजारमा उपलब्ध हुने जनाइएको छ।
रोनिनको नियो–रेट्रो डिजाइनलाई २०२२ मा पहिलोपटक सार्वजनिक गरिएको थियो।
नयाँ संस्करणमा २२५.९ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहने उल्लेख गरिएको छ। यसले २० बिएचपी पावर र २० एनएम टर्क उत्पादन गर्ने छ।
५ स्पिड गियर बक्ससँग जोडिएको यो इन्जिनलाई अपसाइड–डाउन फ्रन्ट फोर्क र रियर मोनो–शक सस्पेन्सनसँग मिलाएर थप सवारी सुविधा दिइएको छ।
भारतीय बजारमा रोनिन २०२५ संस्करणको मूल्य १५ हजार भारूले घटेर १ लाख ३५ हजार भारूबाट सुरू हुने उल्लेख छ।
यसै अनुसार नेपाली बजारमा पनि यसको मूल्य घट्नेछ।