हुन्डाईले दोस्रो जेनेरेसनको फ्ल्यागशिप एसयुभी प्यालिसेडको नयाँ मोडल सार्वजनिक गरेको छ। यो मोडलको बाह्य डिजाइनमा निकै परिवर्तन गरिएको बताइएको छ।
दोस्रो जेनेरेसनको प्यालिसेडमा ९ सिटसम्मको व्यवस्था सहितको छ।
प्यालिसेडको नयाँ डिजाइनमा बक्सी आकारको संरचना बनाइएको उल्लेख छ।
गाडीको अगाडि ठूलो ग्रिल र पाँच ब्लोक एलइडी हेडलाइट्स राखिएका छन्।
यसका साइड फेन्डर (गाडीको चारैतिरको बाह्य भाग) अब चौडा र सिधा छन्, जसले गाडीलाई थप आकर्षक बनाइएको छ।
२१ इन्चका ठूला व्हिल्स र पछाडि नयाँ ब्लोक–जस्तो डिजाइनका टेललाइट्स पनि थपिएको छ। यसको फ्लोटिङ–रूफ (छतको विशेष डिजाइन जसमा तल्लो भाग र माथिल्लो भागको आकार भिन्न छ) प्रभावले यसलाई आकर्षक बनाएको छ।
यो गाडीमा १२.३ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र भर्चुअल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ। नयाँ प्यालिसेड अहिले दक्षिण कोरियामा सार्वजनिक गरिएको छ।
अन्य बजारहरूमा भने २०२५ सम्ममा उपलब्ध हुने बताइएको छ।