जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट आवर भेरियन्ट सार्वजनिक गरेको छ।
जगदम्बा नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक हो।
यो नयाँ भेरियन्टको मूल्य दुई लाख ९९ हजार नौ सय रूपैयाँ तोकिएको छ।
जगदम्बाले यसअघि टिभिएस आइक्युबमा दुई वटा मोडेल नेपालमा बिक्री गरेकोमा तेस्रो मोडेल बिक्री गर्न थालेको हो।
यसले इलेक्ट्रिक सवारीसाधनलाई नेपाली बजारमा अझ पहुँच योग्य बनाएको जगदम्बाले जनाएको छ।
यस भेरियन्टमा २ घण्टाभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिने सुविधा दिइएको कम्पनीले जनाएको छ।
७५ किमी प्रतिघण्टाको टप स्पिड, ५ इन्चको डिजिटल टिएफटी स्क्रिन, र ३० लिटरको अन्डर सीट स्टोरेज जस्ता सुविधा यसमा छन्।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले दुई पांग्रे इलेक्ट्रिक सवारीको माग बढी रहेको समयमा आफूहरूले आइक्युबको नयाँ भेरियन्ट ल्याएको बताए।
'नेपाली बजारमा दुई पांग्रे इलेक्ट्रिक सवारी साधनको माग बढिरहेको छ। टिभिएस आइक्युबको यो नयाँ भेरियन्टले यो यात्रालाई अझ गतिशील बनाउनेछ। हामी यसलाई नेपालभरका ४० भन्दा बढी आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध गराउनेछौं,' उनले भने।
यो स्कुटरमा ग्राहकले विभिन्न चार्जिङ र मूल्य विकल्प पाउने कम्पनीले जनाएको छ।
नयाँ टिभिएस आइक्युब २.२ किलोवाट आवर भेरियन्टको बुकिङ आज (बिहीबार)देखि टिभिएस नेपालको वेबसाइट र काठमाडौंका आधिकारिक डिलरहरूमा खुला गरिएको छ।
टिभिएस आइक्युब २.२ किलोवाट आवर भेरियन्टको स्कुटर सार्वजनिक गरेको अवसरमा जगदम्बाले नेपाली महिला फुटबल टोलीलाई सम्मान समेत गरेको छ।
तस्बिरहरू :
तस्बिरहरू : नवीनबाबु गुरूङ/सेतोपाटी