दसैं सुरू भएसँगै राजधानी छाड्ने क्रम बढ्न थालेको छ।
काठमाडौंको नयाँ बसपार्क लगायत लामो दूरीका गाडी लाग्ने स्थानहरूमा बिहानैदेखि यात्रुहरूको चहलपहल छ।
लगातारको वर्षाका कारण बाढी पहिरोका कारण विभिन्न सडकहरू अवरूद्ध रहेकाले यसपालि सरकारले सोमबारदेखि नै रूट परमिट खुला गरिदिएको थियो।
बाढीले उपत्यका बढी प्रभावित भएका कारण पनि यसपालि दसैँ लाग्नुभन्दा अगाडिदेखि नै काठमाडौं छाड्नेहरु बढेका छन्।
यसपालिको दसैंमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान थियो।
यद्यपि पानी पर्ने क्रम जारी रहेकाले त्योभन्दा कम मानिसहरूले राजधानी छाड्न सक्ने आकलन पनि छ।
अवरूद्ध सडकहरू चाँडै खुलाउन जनशक्ति खटाइएको छ। केही सडकहरू दसैँअगाडि नखुल्नेसमेत भनिएको छ। अवरूद्ध सडकहरू छलेर विभिन्न वैकल्पिक मार्गहरू पनि खुला गरिएको छ।
हेर्नुस् नयाँ बसपार्कमा घर जानेहरुको भिड, तस्बिरमा;
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।