हालैको बाढी-पहिरोले धेरै धनजन क्षति गरेको छ। क्षतिको यकिन तथ्यांक अहिलेसम्म आएको छैन। अझै पनि पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।
पानीका कारण सयौं गाडीहरू डुबानमा परेका छन्। कति पुरिए र बाढीमा बगे पनि।
अब यस्ता गाडीहरू के गर्ने? कस्ता अवस्थाका गाडी सहजै मर्मत गर्न सकिन्छ? गाडी सर्भिस सेन्टरसम्म कसरी लैजाने? कस्तो अवस्थाको गाडी स्टार्ट गर्नै पर्छ? कस्तो अवस्थाको गाडी स्टार्ट गर्नै हुँदैन? यी गाडीको मर्मत-सम्भार शुल्क कति लाग्छ?
यी र यस्तै प्रश्न हामीले लामो समयदेखि सवारी साधन बिक्री-वितरणको व्यवस्थापकीय जिम्मेवारीमा बसेर काम गरेका दीपक थपलियालाई सोधेका छौं। उनी अहिले नेपालमा हुन्डाइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक छन्।
पछिल्लो समय विद्युतीय गाडीप्रति पनि आकर्षण बढेको छ। बिक्रेताहरूका अनुसार अहिले ७० प्रतिशत जिप, कार तथा भ्यानको हिस्सा विद्युतीयले ओगटेका छन्। यस्ता गाडीमा लामो दुरीको यात्रा गर्दा के कस्ता विषयमा ध्यान दिने, ब्याट्री कसरी सुरक्षित राख्ने, ब्याट्री कति प्रतिशतमा झरेपछि नचलाउने लगायतका विषयमा पनि हामीले कुरा गरेका छौं।
दीपकका अनुसार पांग्रासम्म डुबानमा परेका पेट्रोलियम गाडी स्टार्ट गर्न डराउनु पर्दैन। विद्युतीय गाडी भने अवस्था हेरेर मात्रै स्टार्ट गर्नुपर्छ। त्यस्तै स्टेरिङसम्म डुबानमा परेको विद्युतीय गाडी भने मर्मत सम्भार नगरी स्टार्ट गर्नै हुँदैन। धकेलेर पनि गुडाउन हुँदैन।। यस्ता गाडी अर्को गाडीमा चढाएर सर्भिस सेन्टरसम्म पुर्याउनुपर्छ।
सामान्यतया डुबानमा परेका गाडी पाटपुर्जा उपलब्ध भएसम्म एक हप्तादेखि १५ दिनभित्र मर्मत सम्भार गरिसक्दा राम्रो हुन्छ।
हेर्नुस् थप कुराकानी भिडिओमाः