बिवाइडीको पछिल्लो सफल मोडल डल्फिनले युरोपकै प्रतिष्ठित अवार्ड 'वेष्ट वाई कार अफ युरोप–२०२४' अवार्ड जित्न सफल भएको छ।
यो अवार्ड युरोपभर बिक्री हुने कारहरूमध्ये उत्कृष्टलाई 'अटोवेष्ट'ले प्रदान गर्दै आएको छ।
उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको हो।
उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए।
अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिको थियो। त्यसको लागि युरोपभरका ३१ देशबाट आएका अटोवेष्ट पत्रकारहरूले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन्।
उनीहरूले डल्फिनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए।
त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ। त्यसैले डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भएको बताइएको छ।
अटोवेष्टका जुरीले पहिलो पटक कुनै पनि बिवाइडीको मोडललाई ‘वेष्ट वाई कार अफ युरोप २०२४ को अवार्ड दिएको हो।
अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, 'बीवाइडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ। हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं। यसमा डल्फिनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ।'