टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कामका लागि विदेश जान लागेका युवाहरूलाई लक्षित गर्दै 'टाटा मोटर्स स्वावलम्बी अभियान २.०' ल्याएको छ।
यस अभियान अन्तर्गत ग्राहकहरूले टाटाएस वा टाटा इन्ट्रा मात्र २ लाख रूपैयाँको डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् र देशमै रही आफ्नो साथीभाई र परिवारको साथ रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न सक्नेछन् र स्वावलम्बन भइ जीवन निर्वाह गर्न सक्नेछन्।
सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल विजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले अहिलेको यो कठिन आर्थिक अवस्थामा देशमै रही केहि गर्न चाहने युवाहरूका लागि यो अभियान राम्रो अवसर हुने विश्वास लिएको बताए।
यो योजना सार्वजनिक भएको केही दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहकको संख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उनी बताउँछन्।
सिप्रदी ट्रेडिङले यस्तो योजना पहिलो पटक भने ल्याएको होइन। यस अघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौं नेपालीलाई घर फर्काइदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान सञ्चालन गरेको थियो।
बजारको माग र देशबाट युवा तीव्र रुपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भेहिकल विजनेस युनिटका सहायक जी. एम दिवस बाबु सुवेदी बताउँछन्।