महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक बिक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो 'ट्रियो' सार्वजनिक गरे लगत्तै छोटो समयमा नै इलेक्ट्रिक अटोलाई नेपाली बजारमा सफलतापूर्वक बिक्री गर्दै आइरहेको छ।
सिन्धुलीमा पनि स्थानीयले ट्रिओलाई रुचाएका छन्।
हालै मात्र कम्पनीले सिन्धुलीका स्थानीय ३ जना महिला र १३ जना पुरुषहरूलाई एकै पटक १६ इलेक्ट्रिक अटो हस्तान्तरण गरेको छ।
अग्नि हायर पर्चेज र राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा स्थानीय बासिन्दालाई इलेक्ट्रिक अटो 'ट्रियो' खरिद गर्र्न सहज र झन्झटमुक्त बनाइएको छ। साथै सवारी साधन बीमा गर्नलाइ भने प्रभु इन्स्योरेन्सले सहयोग गरेको छ।
संस्थाहरूको यस प्रकारको वित्तीय सहयोग र स्वदेशमा विद्युतीय सार्वजनिक अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सिर्जना गरेको छ।
आर्थिक भार कम पर्ने र पेट्रोल मुक्त सार्वजनिक यातायात आएसँगै स्थानीयहरू पनि खुशी छन्। अहिले सिन्धुलीको सडकमा ट्रिओको संख्या उल्लेखनीय मात्रामा बढेको छ।
सिन्धुलीमा ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो–इलेक्ट्रिक अटो मंसिर ७ गते (बिहीबार) भव्य समारोहमा नयाँ तथा पुराना 'ट्रियो' ग्राहकसँगै सिन्धुलीको सडकमा “ट्रियो” को लस्करका साथ बजार परिक्रमा गरिएको थियो।
कार्यक्रममा अग्नि ग्रुपका प्रदेश प्रमुख रोशन श्रेष्ठ, इलेक्ट्रिक डिभिजन सेल्स हेड प्रमोद भण्डारी, सेल्स प्रतिनिधि नरेन्द्र खड्गी, सिन्धुलीका लागि ट्रियो इलेक्ट्रिक अटोको आधिकारीक बिक्रेता खड्ग श्रेष्ठ र टिका श्रेष्ठ सहित सिन्धुली शाखाका प्रतिनिधिहरूको उपस्थिती थियो।
महिन्द्रा ट्रियो १० हजार बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दुरी तय गरिसकेकोे छ।
ट्रियो विद्युतीय सवारी साधन सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर ब्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ।
यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ। पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ।
महिन्द्रा ग्रुपले विश्वव्यापी रूपमा इएसजीको नेतृत्व गर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र सहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरूको उदयका लागि सक्षम तुल्याउने लक्ष्यमा स्पष्ट ध्यान दिएको छ।