नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को वार्षिक साधारण सभाको मिति घोषणा गरिएको छ।
नाडाका अनुसार नाडाको निर्वाचनसहितको ४७ औं वार्षिक साधारण सभा आगामी पुस २० र २१ गतेलाई ताकिएको हो।
नजिकिँदै गरेको निर्वाचनका लागि नाडाले सदस्य नवीकरण गर्न बाँकी रहेका सदस्य फर्म, कम्पनी तथ प्रदेशका सदस्यहरूलाई सदस्य नवीकरण गर्न सूचना जारी गरेको छ।