रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले सञ्चालन गरेको 'हन्टर टिकटक च्यालेन्ज २०२३' को विजेता घोषणा गरेको छ।
रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५० सिसिलाई बजार प्रवर्द्धन गर्न र युवा पुस्तालाई सोसल मिडियामार्फत् आकर्षित गर्न सञ्चालित च्यालेन्जमा तीन जना विजेता घोषणा गरेको कम्पनीको भनाइ छ।
असोज ६ गतेदेखि असोज ३० गतेसम्म सञ्चालित च्यालेन्जको विजेता टिकटक र फेसबुक लाइभमार्फत् घोषणा गरिएको थियो।
यस अन्तर्गत प्रथम पुरस्कार विजेता बनेका पोखराका पदम लामाले १ लाख, दोस्रो विजेता पोखराकी स्मिता घिमिरेले ६० हजार र तेस्रो हुने हेटौंडाका रजक शाहीले ४० हजार नगद पाएका हुन्।
तीनै जना विजेतालाई रोयल इनफिल्डको नक्शालस्थित सोरुममा कात्तिक २३ गते कम्पनीका निर्देशक मेघराज पोडेलले पुरस्कार रकमको चेक हस्तान्तरण गरेका हुन्।