नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले काठमाडौंको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरूलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ।
करिब ११ हजार ८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेसनल बिजनेस हेड मायांक बल्डिले गरेका हुन्।
नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरूको हरेक पार्टपूर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी आदी) मर्मतसम्भार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ।
यस वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरूको हरेक पार्टपूर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मतसम्भार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ। यस्तै विशेषतः विद्युतीय गाडीको (इभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरूको व्यवस्था गरिएको छ।
यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ स्टेसन र आठवटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन लगायत १२ वटा 'बे हरू' रहेका छन्।
उक्त उद्घाटन समारोहमा बोल्दै टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायांक बल्डिले भने, 'पछिल्लो समय नेपालमा टाटा मोटर्सको पेसेन्जर गाडीहरू ग्राहकहरूको नम्बर १ रोजाईमा पर्न सफल भएका छन्।'
'जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो। टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ हाम्रो आशा रहेको छ।' उनले थपे।
टाटाका ग्राहकले यस वर्कशपमा अटोप्लस बीमा, सञ्जीवनी इन्जिन रिपेयर, एक्सप्रेस (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर क्लिनिङ–वाशिङ जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन्।