महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले चितवनमा बिहीबार फ्ल्यागशिप ग्लोबल एसयुभीहरू –स्कर्पियो एन, एक्सयुभी ७०० (एक्सयुभी, सेभेन डबल 'ओ') र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल 'ओ') सार्वजनिक गरी बिक्री, सेवा र पार्ट पूर्जासहितको साेरुम स्थापना गरेको छ।
काठमाडौंमा, इटहरी र जनकपुरधाममा स्कर्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० को सफलतापूर्वक शुभारम्भ गरेपछि यो साेरुम क्षेत्रीय स्तरमा तेस्रो आधिकारिक साेरुम बनेको छ।
नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयुभी शसाेरुमको उद्घाटनमा इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, महिन्द्रा एण्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर लगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिहरूका उपस्थितीमा भएको थियो।
इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकरका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार चितवन र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ साेरुम स्थापना गरिएको हो र यस क्षेत्रमा नयाँ आधिकारिक महिन्द्रा सोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा उपभोक्तालाई अधिकतम लाभ प्राप्त गर्ने विश्वास लिइएको छ।
अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर बर्दान बस्नेतले भने 'यो सुविधा सम्पन्न आउटलेटले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाउँदै निश्चित रूपमा लाभान्वित हुनेमा हामी विश्वस्त छौं। हामिले चार छुट्टाछुट्टै साेरुमको सफल सुरुवात पछि, सिघ्र नै पोखरा, धनगढी, नेपालगन्ज, बुटवल आदि अन्य साेरुमहरू उद्घाटन गरेर नेपालमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना पनि बनाएका छौं र यस नयाँ ट्विन पिक्स सिरिजले बागमती प्रदेशमा सकारात्मक बजार राख्ने कुरामा हामी आशावादी छौं।'
यस क्षेत्रमा नयाँ ट्विन पिक्स साेरुम स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई थप मजबुत बनाउन र विद्यमान तथा नयाँ उद्यमीलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ।
यसको आधारभूत सिद्धान्तको रूपमा ग्राहक सन्तुष्टिको वरिपरि केन्द्रित, महिन्द्राको अभिनव ट्विन पिक साेरुमले वरपरका क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
यसरी ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाइ पक्कै पनि चितवन र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मुल उद्देश्य राखेर यो नयाँ सोरुम र सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले बताएको छ।