निम्बसले इलेक्ट्रिक स्कुटर ओकाया स्कुटरका सबै उपलब्ध मोडलको कम्पनीले आधिकारिक बिक्री सुरू गरेको छ।
पुल्चोकस्थित ओकाया स्कुटर सोरूममा एक कार्यक्रमबीच बिक्री शुभारम्भ गरेको हो।
ओकाया स्कुटर नेपालको दुईपांग्रे सवारीयात्रा गर्ने तरिकालाई पुनः परिभाषित गर्न तयार रहेको कम्पनीले जनाएको छ।
एक पटकको चार्जमा १४० देखि १६० किलोमिटर रेन्ज र ७० किलोमिटर प्रतिघण्टाको उच्च गति दिने ओकाया स्कुटरले भरपर्दो, लागतमैत्री र आनन्ददायी सवारीको सुनिश्चितता प्रदान गर्ने कम्पनीको दाबी छ।
यो स्कुटरमा तीन वर्षको वारेन्टी रहेको छ।
ओकाया स्कुटर छ वटा बेग्लाबेग्लै रङ तथा तीनवटा फरक मोडलमा उपलब्ध छ।
जसको मूल्य दुई लाख ४० हजार रुपैयाँदेखि तीन लाख ७५ रुपैयाँ हजारसम्म रहेको छ।
सो अवसरमा कम्पनीका निर्देशक प्रदीपकुमार अग्रवालले भने, 'ओकायाको सुरुवातसँगै हामीले सबैभन्दा सुरक्षित इस्कुटर नेपालमा भित्र्याएका छौँ। यसको विशिष्ट र भरपर्दो सुरक्षा सुविधासँगै हामीले उपभोक्ताको ठूलो समूहलाई अपिल गरेका छौँ। हामी विश्वस्त छौं कि यस्तो किफायती मूल्यमा विद्युतीय गतिशीलतामा आफूलाई अनुकूलित गर्न चाहने उपभोक्ता लागि ओकाया स्कुटर उत्तम विकल्पका रूपमा देखा पर्नेछ।'