टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको 'डिलर बिजनेस प्लानिङ मिट २०२३' मा सिप्रदी ट्रेडिङलाई 'इन्टरनेसनल ट्रेलब्रेजर अफ द इयर' बाट सम्मान गरेको छ।
विश्वका ५२ वटा देशका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा सिप्रदीको गत वर्ष नेपालमा नम्बर १ ब्रान्डको सफलतालाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो।
सिप्रदीको तर्फबाट सिइओ राजन बाबु श्रेष्ठ तथा सिओओ राजेश प्रसाद गिरीले उक्त सम्मान ग्रहण गरेका हुन्।
पछिल्लो समय टाटा मोटर्स नेपालले इभी तथा आइसीइ दुवै क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ।
साथै नेपालमा दीर्घकालिन रुपमा विद्युतीय सवारी साधनको बजार स्थापना गर्न ठूलो भूमिका खेल्दै आएको छ। फलस्वरूप अहिले टाटाका विद्युतीय गाडीहरू ग्राहकको पहिलो रोजाइमा परेको देख्न सकिन्छ।
सोही कार्यको मूल्यांकन गर्दै सिप्रदीले बार्सिलोनामा उक्त सम्मान प्राप्त गरेको कम्पनीको भनाइ छ।
हाल नेपालमा टाटा मोटर्सको इभी–नेक्सन इभी, टिगोर इभी र हालै नाडा अटोसोमा सार्वजनिक भएको टियागो इभी बिक्री वितरण भइरहेका छन्।