नेपाली बजारमा रोयल इनफिल्डको 'हन्टर–३५०' मोटरसाइकल सार्वजनिक भएको छ।
काठमाडौंमा आयोजित नाडा अटो शोमार्फत् उक्त मोडलको मोटरसाइकल सार्वजनिक गरिएको हो।
यो रोयल इनफिल्ड मोटरसाइकलमध्ये आकर्षक रहेको कम्पनीको भनाइ छ।
यो मोटरसाइकल सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको थियो।
पहिलो वर्ष नै यो चर्चित बनेको थियो। नेपालमा सार्वजनिक भएसँगै यो मोटरसाइकलले नयाँ ग्राहक र बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको रोयल इनफिल्डका प्रमुख कमर्सियल अफिसर यादभिन्दर सिंह गुलेरियाले बताए।
तीन महीनाअघि यो कम्पनीले नेपालमा कारखाना खोलेको छ। वीरगञ्जमा सञ्चालनमा रहेको कारखाना पाँचौं हो।
यसअघि कम्पनीले अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र थाइल्यान्डमा कारखाना खोलिसकेको छ।
नेपालबाट वार्षिक २० हजारभन्दा बढी मोटरसाइकल एसेम्बल गर्ने कम्पनीले जनाएको छ।
अहिले वीरगन्जको कारखानाबाट क्लासिक–३५०, हन्टर–२५० र स्क्रयाम–४११ मोडलका मोटरसाइकल एसेम्बल गरिँदै आएको छ।