नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ।
नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो 'बिग', 'बोल्ड', 'ब्युटिफुल' र 'कारिज्माटिक' एसयुभी-निसान म्यागनाइट अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटी) सहित उपलब्ध हुनेछ।
निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई-म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत कन्ट्रोल (नियन्त्रण) र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै-दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्दछ।
निसान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरिएन्टमा उपलब्ध हुनेछन्। जसमा एक्सएल मिड, एक्सभी अप्पर, एक्सभी अप्पर ड्युल, एक्सभी प्रिमियम र एक्सभी प्रिमियम ड्युल रहेका छन्।
निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेकाअनुसार निसान म्याग्नाइटमा नयाँ एएमटी सुविधा आउनुले निसानको निरन्तर इनोभेसन (नवप्रवर्तन) द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधालाई झल्काउँछ।
पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार म्याग्नाइटमा रहेको नयाँ एएमटी सुविधा नेपाली उपभोक्ताहरूको आवश्यकता अनुसार निकै उपयोगी हुनेछ।
'यसले म्यानुअल र स्वचालित ट्रान्समिसन दुवैलाई उत्कृष्ट संयोजन गर्दै नेपाली सडकका लागि सुविधाजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ,' उनले भने।
निसान म्यागनाइट एएमटी चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको छ भने म्यागनाइट एएमटीको लन्च यही नाडा अटो शोमा हुन गहिरहेको कम्पनीको भनाइ छ।