नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले-निसान गाडीको नयाँ संस्करणहरू नाडा अटो सो २०२३ मा प्रदर्शन गरेको छ।
निसान गाडीको जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ इभी, नाभारा प्रो फोर एक्स गाडीको विशेष लाइफ स्टाइल इडिसन साथै नयाँ निसान म्याग्नाइटको नयाँ एएमटी भेरिएन्ट सार्वजनिक गरिएको हो।
नेपाली बजारको आवश्यकता अनुरूप अत्याधुनिक अटोमोटिभ प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धताका साथ नेपालमा ४ वर्षपछि भएको नाडा अटो सोमा निसानले सहभागिता जनाएको हो।
पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले भने 'हाम्रा नेपाली ग्राहकहरूको रोजाई र प्राथमिकता अनुरूप आधुनिक मोबिलिटी सोलुसन प्रदान गर्ने प्रतिबद्धताका साथ नाडा अटो सोमा निसानका नयाँ गाडीहरू प्रदर्शन गरेका हौँ। हामीले सार्वजनिक गरेका नयाँ गाडीहरूले विभिन्न फाइदाहरूका साथ ग्राहकको आवश्यकता तथा रोजाई पूरा गर्नुको साथै नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास लिएका छौँ।'
निसान इन्डिया, ऋद्यग् र साउथ एसिया व्यापार इकाईका निर्यात प्रमुख रघुनाथले भने 'नेपाल निसानका लागि प्रमुख बजार हो। हामी डाइनामिक पर्फमेन्सका साथै सुरक्षा र आरामलाई सुनिश्चित गर्न उत्कृष्ट श्रेणीका कारहरू ल्याउन जारी राख्नेछौं।'
'निसानले चाँडै नै यस चाडपर्वको अवसरमा सबै नयाँ एक्स–ट्रेल इ–पावर सार्वजनिक गर्दैछ जसले सहरको ट्राफिकमा पनि आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्नेछ। निसान एक्स–ट्रेलको यो हाइब्रिड इ–पावर संस्करणले उत्कृष्ट कार्यकुशलता (इफिसियन्सि), आधुनिक सुविधा र आरामदायी इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्दछ।' उनले थपे।
निसान नाभाराको विशेष लाइफ स्टाइल इडिसनले उत्कृष्ट डाइनामिक पर्फमेन्स, परिष्कृत ह्यान्डलिङ र इन्धन (फ्युल) इफिसियन्सि प्रदान गर्छ।
साथै यो गाडीमा, राम्रो एनभिएच (नोइज, भाइब्रेसन र हार्सनेस) कन्ट्रोल उपलब्ध छ जसले ड्राइभिङ अनुभव आरामदायी बनाउँदछ। नाभाराको यो विशेष संस्करणमा नयाँ डिजाइन गरिएको फ्रन्ट बम्पर, निसानको ट्रेडमार्क भि–मोसन (ग्रिल), नयाँ हेडल्याम्प तथा नाभारा ब्रान्डिङको स्पोर्टी ( क्रोम ट्रिम समावेश छन्।
यस गाडीमा धेरै टोविङ क्षमता र उच्च ग्राउन्ड क्लियरेन्सले गर्दा यो गाडी निकै आकर्षक देखिन्छ। नयाँ थ्रि–स्पोक स्टिरिङ ह्विल, नयाँ टिएफटी मिटर र ७ इन्चको मल्टी–इन्फरमेसन डिस्प्लेको साथमा इन्टेरियरमा स्पोर्टी अनुभव प्रदान गर्दछ।
बिग, बोल्ड र ब्युटिफुल निसान म्याग्नाइटको नयाँ भेरियन्ट रङमा विभिन्न रङको विकल्पसहित प्रदर्शन गरिनेछ।