एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट इभी र एमजी ४ इभी सार्वजनिक गरेको छ।
नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरूको भीडमा यी दुई मोडल नयाँँ नाम हुन्।
सार्वजनिक कार्यक्रममा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने, 'नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरू अत्यन्तै उपयुक्त हुन्छन्।'
एमजी कमेट इभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो जसले सिंगल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ। यसमा १७.३ केडब्ल्युएच को ब्याट्री र ३१.२६ केडब्ल्यु को मोटर हाे।
एमजी कमेट इभीमा यात्रुहरुको सुरक्षाको लागि आइपि६७ रेटेड ब्याट्री, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरू राखिएको छ।
सुविधा र सहजताको लागि एमजी कमेट इभिमा एलसिडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटर जस्ता सुविधाहरू रहेका छन्।
एमजी कमेट इभीको सुरूवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने यो प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ।
त्यस्तै, एमजीले कमेट इभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ।
हेर्दा अत्यन्तै आकर्षक देखिने एमजी ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ।
कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजी कम्फर्ट इभीको ब्याट्री क्षमता ५१ केडब्ल्यूएच र ९९ केडब्ल्यूको मोटर रहेको छ। त्यस्तै एमजी लक्जरी इभिको ब्याट्रि क्षमता ६४ केडब्ल्यूएच र १५० केडब्ल्यूको मोटर रहेको छ।
एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यही मुल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरुको सेग्मेन्टमा पहिलो फिचर हो।
एमजी ४ इभिले सिङल चार्जमा ४३४ किलोमिटर सम्मको रेन्ज दिन्छ। राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजी ४ इभिमा रियर व्हिल लेआउट राखिएको छ।
त्यस्तै यात्रुहरूको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरू रहेका छन् भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरू रहेका छन्।
त्यस्तै, एमजी ४ इभीको लागि हाइ भोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ भन हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ।
त्यस्तै, एमजी ४ कम्फर्ट इभीको सुरूवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ भने एमजी लक्जरी इभीको सुरूवाती मूल्य ५८ लाख ९९ रहेको छ।
एमजीका यी दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरू रहेका छन्। यी दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टी प्रदान गरेको छ।