टाटा जेन्युइन पार्टस र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टसले काठमाडौं उपत्यकाभित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए।
टाटालाई टाटा नै सही भन्ने मुल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाई साथमा लिएर अगाडि बढ्ने गरको बताए।
सिप्रदीले प्राविधिकहरूलाई आधुनिक प्रविधिहरूको तालिम उपलब्ध गराई रहेको जानकरी गराउँदै हालसालै तीन दिन तालिम लिएका २५ प्राविधिकहरूलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरे।
कार्यक्रममा खुद्रा बिक्रेताहरूको वित्तीय व्यवस्थापनको लागि सिप्रदीले नबिल बैंकसँग सम्झौता गरेको र नयाँ प्रविधिसँग अभ्यास हुन डायनामिक टेक्नोसफ्टसँग समझौता गरी इआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराए।
श्रेष्ठले ग्राहकलाई टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस् भनी सिप्रदीले अनलाइन स्टोर दराजसँग समझौता गरी दराजमा उपलब्ध गराएको जानकारी गराए।
कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरूलाई विभिन्न उपहारहरू प्रदान गरिएको थियो।
टाटा वफादारी कार्यक्रमअन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गरे भने आइफोन १४ प्रो २ जनाले, एलइडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरे।