फोटोनको विद्युतीय ट्रकको परीक्षण सफल भएको छ।
कम्पनीका अनुसार टिएम वान विद्युतीय ट्रकले पूर्ण क्षमतामा भार बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गरेको हो। विद्युतीय सवारीसाधनको अधिकांश परीक्षण यी ठाउँमा गरिन्छ।
फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले हालै उक्त परीक्षण गरेको थियो। फोटोन टिएम वान विद्युतीय ट्रकले १४ सय किलो भार बोक्ने क्षमता भएको कम्पनीले जनाएको छ।
एक पटकको पूरा चार्जमा २ सय ८० किलोमिटर चल्ने टिएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ।
उक्त टिएम वान विद्युतीय ट्रक यसपालि हुने नाडा प्रदर्शनीमा विशेष योजनासहित राखिने कम्पनीले जनाएको छ।