सुजुकीले नेपालमा जिम्नीको डेलिभरी सुरू गरेको छ।
नेपालका लागि सुजुकी ब्रान्ड चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयुभी जिम्नी 'द अल्टिमेट अफ रोदर' को डेलिभरी नेपालभरीका शोरुमबाट सुरू गरेको हो।
जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडीमध्ये एक रहेको कम्पनीको भनाइ छ।
सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी होजुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यो पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ।
यो एसयुभी उन्नत ४डब्ल्यू प्रणाली, अल ग्रिप प्रोसँग आउँछ।
यसमा ब्रेक लिमिटेड स्लिप डिफरेन्शियल र ३ लिंक रिजिड एलेक्स सस्पेन्सनजस्ता अफ–रोड सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ।
अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ।
कम्पनीका अनुसार ५–ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिङ पिरेड पनि निकै लामो छ।
यो नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयुभी भएको समेत कम्पनीले बताएको दाबी छ।