सिप्रदी तथा टाटा मोटर्सले “द ग्रेट एक्सचेन्ज फेस्टिभल” एक्सचेन्ज क्याम्प ल्याएको छ।
यो एक्सचेन्ज क्याम्प भदौ १ गतेदेखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरी रहेका टाटा मोटर्स शोरुमहरूमा भइरहेको छ।
अहिले नेपाली बजारमा इभी गाडीहरू प्रति ग्राहकहरूको चासो बढिरहेको छ जसमा टाटा मोटर्सका नयाँ इभी गाडी प्रतिको रुची निकै बढ्नुका साथै बिक्री पनि बढिरहेको देखिन्छ।
प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा इन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरू टाटा मोटर्सका विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो छ।
टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको बताइएको छ।
कम्पनीका अनुसार एकै ठाउँमा सिप्रदी अस्योर्डमार्फत उचित मूल्यांकन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यस क्याम्पले ग्राहकहरूलाई थप सहजता प्रदान गर्नेछ।
चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरू पनि पाइने कम्पनीको भनाइ छ।
गाडी मूल्यांकन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्रमार्फत ५ जना भाग्यशाली ग्राहकहरूले स्मार्टवाच पनि जित्न सक्नेछन्।
कार्यक्रमका अन्य प्रमुख आकर्षणहरू:
जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन इभीसँग साट्न सकिने व्यवस्था
एकै ठाउँबाट गाडीको मूल्यांकन
न्यूनतम चार लाखको गाडी मूल्यांकन
एक्सचेन्ज बोनस
एकै ठाउँमा इन्स्योरेन्सको सुविधा
८०% सम्म नयाँ गाडी फाइनान्सिङको सुविधा
नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार
निःशुल्क गाडीको थप एक्सेसोरिज
यस योजनामा सहभागी भई गाडी खरिद गर्नुहुने ग्राहकहरूले स–परिवार सहित पाँच तारे होटलमा डिनर गर्ने व्यवस्था गरिएको छ।