नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'ह्विल अफ चेन्ज' नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ।
साउन १८ बाट सुरु भएको यस योजना हुन्डाई नेपाल अन्तर्गतको हुन्डाई प्रमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरूसँगको साझेदारीमा ल्याइएको हो।
आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेञ्ज (सटही) गर्न सकिने कम्पनीले जनाएको छ।
हुन्डाईले आफ्ना ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै ह्विल अफ चेन्ज योजना ल्याएको जनाएको छ। योजना अन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेस र रेसिङ अटोमोबाइल इन्टरप्राइजे गरी ५ एक्सचेञ्ज पार्टनर्सहरूसँग सहकार्य गरिएको छ।
यो योजना नेपालभर लागू हुने भएकोले उपत्यका बाहिरका ग्राहकहरू पनि सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।
अत्यधिक लाभ र विशेषता सहितको ह्विल अफ चेन्ज योजनामा ग्राहकहरूले हुन्डाईको विभिन्न उपलब्ध मोडलहरूमा पाँच लाखसम्मको नगद छुट, एक लाख ५० हजारसम्मको एक्सचेञ्ज बोनस र २५ हजारसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन्।
एक्सचेञ्ज पार्टनर र हुन्डाई शोरुममा गएर हुन्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ। योजना स्थलमै तुरुन्तै पुरानो गाडीको मूल्यांकन गरी छिटो-छरितो माध्यमद्वारा यो एक्सचेञ्ज योजना सफल बनाउन हुन्डाई प्रतिबद्ध छ।
ग्राहकले नेपाली बजारमा उपलब्ध हुन्डाईका कम्प्याक्ट एसयुभी, एसयुभी, इभी तथा ह्याचब्याग मध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन्। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध गराइने कम्पनीको भनाइ छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टर र ४३ चार्जिङ पोइन्टसहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्छ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरी करोडौं ग्राहकहरूको विश्वास जित्न सफल रहेको कम्पनीको दाबी छ।