ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोटर्स) र कुमारी बैंक लिमिटेडबीच डाउनपेमेन्ट सम्बन्धी सम्झौता भएको छ।
एफडी मोटर्स ब्राण्डका विद्युतीय स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजदरमा तीन लाखसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएको हो।
ग्राहकहरूले कुमारी बैंक वा एफडी मोटर्सको सोरुमहरूमा गएर सम्झौता अन्तर्गत सेवा लिन सक्नेछन्। सम्झौता अनुसार आवश्यक कागजात बैंक वा कम्पनीलाई बुझाएर १२ महिनादेखि १८ महिनासम्मको किस्ता तिरेर विद्युतीय स्कुटरहरू खरिद गर्न सक्नेछन्।
यदि ग्राहकले कर्जाको भुक्तानी अग्रिम रूपमा गर्न चाहेमा बिना शुल्क नै भुक्तानी गर्न सक्नेछन्।
एफडी मोटर्सले हाल दुईवटा मोडलको विद्युतीय स्कुटर बिक्री गर्दैछ। कम्पनीले बिक्री गर्ने मोडल एफ-५ को मुल्य दुई लाख ६१ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने एफ-५ए को मुल्य दुई लाख ९७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।