सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ।
सिन्धुचौतारा यातायातले सानो सिरूवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो।
चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गरेका हुन्।
पहिलो चरणमा १०/१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार हाललाई चौतारा–काठमाडौंमा सञ्चालन भइरहेको अन्य माइक्रोबस सरह भाडादरमा यातायात सञ्चालन गर्ने र पूर्ण रूपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिनेछ।
यात्रुले पानी, वाइफाइ तथा क्युआर भुक्तानको सुविधा पाउने उनले बताए।
विद्युतीय गाडीमा आवाज र गन्ध नआउने भएकाले यात्रुले डिजेल गाडीको जस्तो घ्यारघ्यार र गन्धखप्नु नपरेको यात्रु कृष्णप्रसाद धितालले बताए।