गत महिना मात्रै बजारमा सार्वजनिक जिडब्लुएमको विद्युतीय गाडी 'ओरा-०३' ले राम्रो प्रतिक्रिया पाइरहेको छ।
आधुनिक सुविधाहरूसहित तयार पारिएको ओरा-०३ मा रेट्रो लुक्स दिइएको छ। यसमा ४७.७८ किलोवाटको ब्याट्री छ। एकपटकको पूरा चार्जमा ४०० किलोमिटरसम्म कुद्ने कम्पनीको दाबी छ।
कम्पनीले जिडब्लुएम ओरा-०३ को मूल्य ४७ लाख ४९ हजार रूपैयाँ तोकेको छ।
कम्पनीकाअनुसार जिडब्लुएम ओरा-०३ एक ग्लोबल मोडल हो जुन यसभन्दा अघि विभिन्न देशहरू चीन, थाइल्यान्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजिल्यान्डमा विभिन्न नामहरूको मोडल जस्तै गुडक्याट, फन्कीक्याट र ओआरएका साथ पहिले नै बिक्री सुरू भइसकेको छ।
अगाडि गोलो पुरै एलइडी हेडलाइट, सर्कुलर डे-टाइम रनिङ लाइटहरू यसका डिजाइन विशेषता हुन्।
यसका रिअर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोहीअनुसार माथि राखिएको छ। यसले गर्दा कारको चौडाइमा विस्तारित प्रकाशको एकल तेर्सोपट्टी स्ट्रिप बनाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ओरा-०३ का धेरै विशेषता छन् जसमा ७ एयरब्याग, एबिएसको साथमा इबिडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (इसिएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टिसिएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा सुविधा छन्।
यसको अझै रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा प्रणाली, अष्ट्रेलियन न्युकार एसेसमेन्ट प्रोग्राम र युरो इनक्याप रेटिङ दुवैमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको कम्पनीले बताएको छ।
गाडीमा सनरुफ पनि छ। त्यस्तै १८ इन्चको अलोय ह्विल दिइएको छ भने २६५० एमएम ग्राउन्ड क्लेरेन्स छ। गाडीमा भएको सिटलाई ६ तरिकाले एड्जस्ट गर्न मिल्छ।