भारतको जयनगरदेखि आजबाट महोत्तरीको भंगहा स्टेशनसम्म रेल चल्ने भएको छ।
जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर रेल सेवा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
उनका अनुसार दिनको एकपकट जयनगरबाट भंगहासम्म रेल चल्नेछ।
हरेक दिन विहान भंगहाबाट जयनगरका लागि रेल खुल्ने र बेलुकी जयनगरबाट भंगहा फर्किने रेल्वे तालिका बनाइएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बिहान साढे १० बजे भंगहा स्टेशनमा रेल सेवाको उदघाटन गर्ने कार्यक्रम छ।
यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा संचाल हुँदै आएको थियो।
यात्रुको चापलाई मध्यनजर गरि आजैबाट रेलसेवा दिनको तीन पटक जनकपुर जयनगर खण्डमा रेल सेवा सुरु हुने महाप्रबन्धक झाले बताए।
यसअघि जनकपुर जयनगर रेलसेवा दिनको दुई पटक चल्दै आएको थियो। १९ चैत २०७८ बाट दुई सेट ब्रोडगेज दुईसेट रेल संचालनमा आएको थियो।