भारतको अग्रणी टाटा मोटर्सले 'टाटा टियागो' (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडीहरू बिक्री गर्न सफल भएको छ।
सन् २०१६ मा बिक्री सुरू गरिएको यस गाडीले सात वर्षको छोटो अवधि मै यो सफलता हासिल गरेको कम्पनीले बताएको छ।
उल्लेखित कुल पाँच लाखमध्येका एक लाख गाडीहरू मात्र १५ महिनामा बिक्री भएको थियो। टियागोले 'नेट प्रोमोटर स्कोरमा' पनि ५१ अंक हासिल गरेको कम्पनीको भनाइ छ।
यस्तै, टाटा टियागोले विगत केही वर्षहरूमा अटोमोबाइल जगतद्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कारहरू जितेको छ।
यी उपलब्धीहरूले गर्दा टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट, एवम् सुरक्षाको दृष्टिकोणले अब्बल भएको कम्पनीको भनाइ छ।
सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसिएपीले पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको थियो।
नेपाली बजारमा पनि टाटा टियागोको बजार तीव्र ढंगले बढेको बताइएको छ।
कम्पनीका अनुसार नेपालमा हाल उपलब्ध ह्याचब्याकमध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्री हुने गाडीमा परेको छ।