एसयुभी सेग्मेन्टमा नेपालको अग्रणी कम्पनी महिन्द्राले नयाँ 'स्कर्पियो–एन' नेपालमा सार्वजनिक गरेको छ।
भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा स्कर्पियो–एनको सफल बजार प्रवेशपछि महिन्द्राले अब नेपाली बजारमा यस आइकोनिक एसयुभीको विश्वव्यापी यात्रालाई निरन्तरता दिएको बताएको छ।
विगत ३० वर्षदेखि नेपालमा आफ्नो बलियो उपस्थिति जनाएको महिन्द्राले नेपालका लागि स्कर्पियो–एन एसयुभी लाइनअपमा पछिल्लो सवारी–साधन हो।
स्कर्पियो–एन यसको असाधारण अफ–रोड क्षमताको लागि प्रसिद्ध रहेको कम्पनीको भनाइ छ।
महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरेको छ।
आनन्ददायक स्वामित्व अनुभवहरू सिर्जना गर्नु तथा प्रामाणिक, कठिन तर परिष्कृत एसयुभीहरूको साथ एसयुभी बजारलाई पुनः परिभाषित गर्नु कम्पनीको उद्देश्य जनाइएको छ।
कम्पनीका अनुसार कम समयमा नै यस गाडीले सवारी प्रेमीरूलाई आकर्षित गरेको र हरेक बजारमा उपभोक्ताहरूको मन जितेको छ।
भारतमा स्कर्पियो–एनले ३० मिनेटभन्दा कम समयमा एक लाख बुकिङ गरेको र दक्षिण अफ्रिकामा पनि यसल लन्च भएदेखि नै ग्राहकहरूबाट निकै सकारात्मक प्रतिक्रिया पाएको बताइएको छ।
महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय अपरेशन, अटोमोटिभ सेक्टरका प्रमुख सचिन अरोलकरले भने, 'हामी बहुप्रतिक्षित अल–न्यू स्कर्पियो–एनलाई नेपालको बजारमा ल्याउन पाउँदा उत्साहित छौं। यसको डिजाइन, ह्यान्डलिङ, प्रदर्शन, टेक्नोलोजी र सुरक्षाले एसयुभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्दछ।'
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, 'आज हामी नेपालका अत्याधुनिक एसयुभी प्रेमीहरुका लागि नयाँ स्कर्पियो–एन प्रस्तुत गर्न पाउँदा गौरवान्वित छौं। स्कर्पियो–एन साहसिक कार्यको लागि इन्जिनियरिङ गरिएको छ र संसारभरको सबैभन्दा चुनौतीपूर्ण भू–भागहरूमा परीक्षण गरिएको छ।'
'अग्नि ग्रुपले नेपालमा एसयुभी उत्पादनको दायरा विस्तार गर्नुका साथै ट्विन पिक्स नेटवर्क विस्तारमा पनि ध्यान दिएको छ। यसको उद्देश्य नेपालका एसयुभी खरिदकर्ताहरूलाई बेजोड अनुभव प्रदान गर्नु हो।' श्रेष्ठले थपे।
उनले यो गाडीमा आकर्षक ३ वर्ष/१ लाख किलोमिटरको वारेन्टी प्लान रहेको समेत बताए।
नयाँ स्कर्पियो–एनको मूल्य ८१ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ।
अन्य भेरियन्टको मूल्यः
e]l/oG6 | d"No |
:sflk{of] Pg l8h]n h]8$ @8An\o"8L Pd6L & P;6Lcf/ | *!,%),))) |
:sflk{of] Pg l8h]n h]8$ $8An\o"8L Pd6L & P;6Lcf/ | (),)),))) |
:sflk{of] Pg l8h]n h]8* $8An\o"8L Pd6L & P;6Lcf/ | !,!$,)),))) |
:sflk{of] Pg l8h]n h]8* $8An\o"8L P6L & P;6Lcf/ | !,@$,)),))) |
यो मूल्य ३० सेप्टेम्बर २०२३ सम्म मात्र लागू हुने कम्पनीले बताएको छ।