बजेटपछि विद्युतीय गाडीको आयात घटेको छ।
जेठ १ गतेदेखि १४ गतेसम्म ८८३ वटा चार पांग्रे विद्युतीय गाडीको आयात भएकोमा बजेटपछिको १६ दिनमा भने जम्मा ३२ वटा गाडीको आयात भएको हो।
सरकारले आगामी आर्थिक वर्षको बजेटबाट विद्युतीय गाडीमा करका दरहरू परिवर्तन गरेको थियो। बजेटअघि एकै पटक ठूलो मात्रामा गाडीको आयात भए पनि बजेटपछि भने करिब ठप्प देखिएका छन्।
चालु आर्थिक वर्षमा ३ हजार आठ सय ७० वटा विद्युतीय जीप कार भ्यान आयात भएकोमा वैशाखसम्म २ हजार चार सय ५१ वटा आयात भएको थियो भने वैशाख १ गतेदेखि जेठ १५ गतेसम्म १ हजार तीन सय ८७ वटा आयात भएको थियो।
त्यसपछि भने जम्मा ३२ वटा गाडी आयात भएको छ।
चालु वर्षको ११ महिनामा विद्युतीय जीप कार र भ्यान आयात गर्नको लागि ११ अर्ब २३ करोड ७३ लाख रूपैयाँ बाहिरिएको छ।
विद्युतीय गाडी आयातबाट सरकारले ३ अर्ब ५ करोड ११ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।