केटिएम २५० एड्भेन्चर र केटिएम २५० ड्युकको मूल्य घटेको छ। कम्पनीले यी दुवै बाइकको मूल्य एकैपटक ५० हजार रूपैयाँ घटाएको हो।
यसअघि सात लाख ४९ हजार नौ सय रूपैयाँ पर्ने केटिएम २५० एड्भेन्चरको नयाँ मूल्य ६ लाख ९९ हजार नौ सय रूपैयाँ तोकिएको छ।
त्यस्तै केटिएम २५० ड्युकको नयाँ मूल्य सात लाख ३४ हजार नौ सय रूपैयाँ तोकिएको छ। यसअघि यो बाइकको मूल्य सात लाख ८४ हजार नौ सय रूपैयाँ थियो।
केटिएम २५० एड्भेन्चरमा सिंगल सिलिन्डर, लिक्विड कुल्ड, एफआई इन्जिन छ। जसले ३० पिएस पवार र २४ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीड गियर बक्स छ। बाइकको टप स्पीड १४८ किलोमिटर प्रतिघण्टा छ। इन्धन क्षमता भने यसमा १४.५ लिटरको छ। प्रतिलिटर बाइकले ३५ देखि ३८ किलोमिटर रेन्ज दिने बताइएको छ।
केटिएम २५० ड्युकमा पनि सिंगल सिलिन्डर, लिक्विड कुल्ड, एफआई इन्जिन छ। जसले ३० पिएस पवार र २४ एनएम टर्क जेनेरेट गर्छ। यसको दुवै पांग्रामा डिस्क ब्रेक दिइएको छ। यसमा १३.४ लिटरको इन्धन ट्यांक पाउन सकिन्छ भने प्रतिलिटर ४१ किलोमिटर रेन्ज दिन्छ।