हालै सार्वजनिक गरिएको रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्र्याम ४११ रारा नजिक पुगेको छ।
काठमाडौं लिजेन्ड्सद्वारा आयोजना गरिएको 'राइड टु रारा लेक' इभेन्ट अन्तर्गत रोयल इन्फिल्डका अन्य बाइकका साथ स्क्र्याम ४११ पनि त्यहाँ पुगेको बताइएको छ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका टिम म्यानेजर अनुज मल्ल सवार सो बाइक त्यहाँ पुगेको हो।
गत आइतबार काठमाडौंबाट प्रस्थान गरेको राइड टोली विभिन्न दुरी पार गर्दै त्यहाँ पुगेको हो।
रोयल इन्फिल्ड स्क्र्याम नेपालमै एसेम्बल भएको बाइक हो।
यस अनुसार नेपालमै एसेम्बल भएको रारा नजिक पुग्ने पहिलो बाइक समेत स्क्र्याम ४११ बनेको छ। अल्फा अटोमोटिभले हाल नेपालमै बाइक एसेम्बल गर्न थालेको छ।
केही दिन अघि मात्र यो बाइक औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरिएको थियो।
स्क्र्याम ४११ को मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ। रोयल इन्फिल्ड स्क्र्याम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सिसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ, जसले २४.३ बिएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ।