नेपाली बजारमा बजाजको डोमिनार ४०० बिएस-६ को मूल्य घटेको छ।
नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनार ४०० बिएस-६ को नयाँ मूल्य एकैपटक ६० हजार रूपैयाँ घटाएर सार्वजनिक गरेको हो।
नयाँ मूल्य अनुसार बजाज डोमिनार ४०० बिएस-६ को मूल्य ५ लाख ९९ हजार नौ सय रूपैयाँ पुगेको छ। यसभन्दा अघि यो बाइकको मूल्य ६ लाख ५९ हजार नौ सय रूपैयाँ थियो। नयाँ मूल्य आज (बिहीबार) देखि लागू हुने बताइएको छ।
बजेटले २५० सिसीदेखि ४०० सिसी क्षमताको मोटरसाइकलमा लाग्ने अन्तः शुल्क घटाएको छ। यसअघि ९० प्रतिशत अन्तः शुल्क लाग्नेमा अब ६० प्रतिशत मात्र लागू भएको हो। त्यस्तै सडक निर्माण दस्तुर पनि ५० हजार रूपैयाँबाट घटेर २० हजार रूपैयाँ कायम गरिएको छ।
नयाँ बजेटसँगै कम्पनीले बिएस-६ मापदण्डमा आधारित डोमिनार ४०० को मूल्य मूल्य घटाएको जनाएको छ।