काठमाडौं उपत्यकाका सडकहरूमा नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी 'एक्सप्रेस–टी' गुड्न थालेको पनि एक महिना पूरा भएको छ।
उक्त विद्युतीय गाडी काठमाडौंको सडकमा फरक देखिने र वातावरणलाई सुहाउने सार्वजनिक यातायात बनेको छ।
यात्रुहरूको रोजाइमा परेको यो सार्वजनिक यातायात अब झन् अत्याधुनिक प्रविधि जडित भएर सुरक्षित बनेको बताइएको छ।
टाटा मोटर्सको यस प्रिमियम विद्युतीय ट्याक्सीमा सिप्रदीले लोकोन्यावको जिपिस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ।
एक्सप्रेस–टी का प्रिमियम विद्युतीय ट्याक्सीधनीहरूले अब आफ्नो मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ–कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्छन्।
विद्युतीय ट्याक्सी फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न सकिन्छ।
जिपिस जडित गाडी ग्राहकहरूको सुरक्षाका लागि पनि उपयुक्त भएकोले ग्राहकहरूले पनि एक्सप्रेस–टी विद्युतीय ट्याक्सीलाई निकै रुचाएको कम्पनीको भनाइ छ।
आगामी समयमा यस जिपिस प्रविधिले सबै विद्युतीय सवारी साधनहरूलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्याउने छ।