बजारमा सिट्रोन नयाँ एसयुभी सार्वजनिक भएको छ। नेपाली बजारको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बुधबार एक कार्यक्रम आयोजना गर्दै सिट्रोन सी३ सार्वजनिक गरेको हो।
११९८ सिसी डिस्प्लेसमेन्ट रहेको सिट्रोन सी३ मा १.२ लिटर पेट्रोल इन्जिन छ।
जसले ५,७५० आरपिएममा ८२ पिएस पावर र ३,७५० आरपिएममा ११५ एनएम टर्क जेनेरेट गर्छ। यसमा पाँच स्पिड म्यानुअल ट्रान्समिसन गियरबक्स दिइएको छ। गाडीमा ३० लिटरको इन्धन क्षमता छ।
यो एसयुभीको लम्बाई ३,९८१ एमएम, लम्बाई १,७३३ एमएम र उचाई १,५८६ एमएम छ। सिट्रोन सी३ को ह्विलबेस भने २,५४० एमएम छ।
गाडीको अगाडि पांग्रामा डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ। यसमा विद्युतीय स्टेरिङ छ। गाडीको बाहिरी डिजाइनसँगै आन्तरिक डिजाइनिङ पनि आरामदायी र बोल्ड भएको कम्पनीको भनाइ छ। यसमा २६ सिएमको सिट्रो कनेक्ट टचस्क्रिन पाउन सकिन्छ।
कम्पनीले नयाँ सिट्रोन सी३ पोलार सेतो, सुन्तले रंग, प्लाटिनम ग्रे र स्टिल ग्रे गरी चार विभिन्न रंगमा उपलब्ध गराउने जनाएको छ।
सिट्रोन सी३ लाइभ र फिल गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। यी भेरियन्टको सुरुआती बजार मूल्य क्रमशः ३४ लाख ४९ हजार रुपैयाँ र ३६ लाख ४९ हजार तोकिएको छ।