नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्सले नेपाली बजारमा नयाँ सिट्रोन सी ३ सार्वजनिक गर्ने तयारी गरेको छ।
अत्याधुनिक फिचरले भरिएको कम्प्याक्ट एसयुभी सिट्रोन सी ३ यसको डिजाइन र स्टाइल स्टेटमेन्टका कारण विश्वभर नै प्रशंसा पाइरहेको कम्पनीले बताएको छ।
यसले नेपाली बजारमा पनि आफ्नो फरक डिजाइन र आधुनिक फिचरले मानक स्थापित गर्ने विश्वास लिइएको छ।
सिट्रोन सी ३, सिट्रोन फ्यामिलीमा सिट्रोन सी ५ एअरक्रसको लन्चपछि थपिएको उत्कृष्ट कम्प्याक्ट एसयुभी कार हो।
सिट्रोन सी ३ ले सिट्रोन सी ५ एअरक्रस जस्तै नेपाली कार उत्साहीहरू माझ आफ्नो लागि छुट्टै नाम बनाउने आशा गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार फ्रान्सेली ब्रान्ड सिट्रोन यसको नवीनता, डिजाइन, र उत्कृष्टतले विश्व प्रख्यात छ।
नेपालका लागि सिट्रोनको वितरक सांग्रिला मोटर्सले सिट्रोन ब्रान्डसँग आबद्ध रही नेपाली सवारी साधन प्रेमीहरूका लागि नयाँ र उत्कृष्ट युरोपियन गाडीहरूको अनुभव दिन पाउँदा गर्व लागेको बताएको छ।