अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्कले आइतबार नेपालमा बहुप्रतिक्षित येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ।
येज्दी मोटरसाइकल भारतीय मोटरसाइकल उद्योगमा एक प्रतिष्ठित नाम हो।
१९७० दशक देखि यो मोटरसाइकल आफ्नो बेजोड प्रदर्शनको लागि परिचित रहेको बताइएको छ।
मोटरसाइकल चालकहहरूको भावनालाई कदर गर्दै क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी बजारमा ल्याएको हो।
येज्दी मोटरसाइकल रोडस्टर, स्क्र्याम्बलर र एडभेन्चर मोडलमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
प्रत्येकलाई विभिन्न सवारी प्राथमिकताहरू र जीवनशैलीहरू पूरा गर्न डिजाइन गरिएको छ भने सबै मोडलहरूमा शक्तिशाली ३३४ सिसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड–कुल्ड, डिओएचसी इन्जिन छन्।
जसले रोमाञ्चक सवारीको अनुभुति प्रदान गर्दछ। यस सुविधाहरू र उत्कृष्ट कार्य सम्पादन गर्ने मोटरसाइकलको मूल्य ९ लाख १६ हजारदेखि ९ लाख ९८ हजारसम्म पर्ने कम्पनीले बताएको छ।
येज्दी मोटरसाइकलहरूमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र ट्वीन एक्जस्ट सिस्टम पनि छ। जसले इन्धन दक्षता र कम उत्सर्जन सुनिश्चित गर्दछ। एन्टी–लक ब्रेकिङ सिस्टम (एबिएस) र स्लिपर क्लच जस्ता सुविधाहरू सहित बाइकहरूलाई आरामदायी र सुरक्षित सवारी अनुभव प्रदान गर्न डिजाइन गरिएको छ।
येज्दी ब्रान्डको समृद्ध इतिहासलाई सम्मान गर्दे क्लासिक डिजाइनको साथ अत्याधुनिक प्रविधि र आधुनिक सुविधाहरूको संयोजन गर्दै सटिकता र विवरणहरूमा ध्यान दिएर डिजाइन गरिएको छ।
रोडस्टर एक क्लासिक क्रूजर हो जसले आधुनिक सुविधाहरूको साथ रेट्रो डिजाइनलाई संयोजन गर्दछ, जसले यसलाई खुला सडकहरूमा लामो सवारीको लागि उत्तम मोटरसाइकल बनाउँछ।
स्क्र्याम्बलर एउटा असाधरण र बहुमुखी मोटरसाइकल हो जसले शहरको सडकदेखि अफ–रोड ट्रेलहरूसम्म कुनै पनि भू–भागलाई ह्यान्डल गर्न सक्छ।
एडभेन्चर मोटरसाइकल नेपालको भौगोलिक बनावट अनुसार सुविधाहरू र उत्कृष्ट प्रदर्शनको साथ डिजाइन गरिएको छ।
अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले भने, 'हामी प्रिमियम मोटरसाइकलको नवीनतम रेन्ज लन्च गर्न पाउँदा हर्षित छौं, जसले हाम्रो ब्रान्डको लोकाचार र विश्वस्तरीय उत्पादनहरू नेपाली दर्शकमाझ पुर्याउने र हाम्रो उपभोक्ताहरूको अपेक्षाहरू पूरा गर्ने र उद्योगको मापदण्डहरू परिपूर्ति गर्ने कुरामा हामी विश्वस्त छौं।'