काठमाडौं उपत्यकाका सडकहरूमा टाटा मोटर्सको विद्युतीय फ्लिट ट्याक्सीहरू देखिन थालेका छन्।
कम्पनीले केही समय अघि बजारको लागि 'एक्सप्रेस-टी' ट्याक्सी सार्वजनिक गरेको थियो। यी ट्याक्सी प्रिमियम विशेषताहरूले भरिपूर्ण छ।
एक्सप्रेस-टीमा ३६ किलोवाटको शक्तिशाली लिथियम ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसलाई शून्यदेखि ८० प्रतिशत चार्ज हुन जम्मा ११० मिनेट लाग्छ। घरमै १५ एम्पियरमा चार्ज गर्न मिल्ने एक्सप्रेस-टीमा स्वचालित एसीको पनि व्यवस्था छ।
सुरक्षाको लागि यो ट्याक्सीमा एअर ब्याग, इबिडी सहितको एबिएस ब्रेकिङ प्रविधि लगायतका विशेषताहरू दिइएको छ।
नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीको बालकुमारीस्थित सोरुमबाट यस एक्सप्रेस-टीबारे जानकारी लिन सकिने कम्पनीको भनाइ छ। यसबाहेक ट्याक्सी चार्ज समेत यस सोरुमबाट गर्न सकिनेछ।
नेपालमा विद्युतीय सवारी साधनप्रति सर्वसाधरणको चासो बढ्दो छ। विद्युतीय सवारी साधनहरूको सञ्चालन एवम् मर्मत खर्च तुलनात्मक रूपमा निकै कम हुनाले पनि ग्राहकहरू विद्युतीय साधनप्रति बढी आकर्षित देखिन्छन्। यसबाहेक विद्युतीय सवारी साधनप्रति मानिसहरूको विश्वास पनि बढेको छ।
टाटाको एक्स्प्रेस-टी ट्याक्सी आकर्षक हुनुका साथै आरामदायी र उच्च प्राविधिक विशेषताहरूले भरिपूर्ण छ।
कम्पनीले उक्त ट्याक्सी खरिदको लागि ठूलो परिमाणमा बैंक कर्जा र बढी सुरक्षित बीमा योजनाको सुविधा व्यवस्था हुने जनाएको छ।
पछिल्लो केही समयदेखि विशेषत: सार्वजनिक यातायातको सञ्चालनमा नवीकरणीय ऊर्जाले प्राथमिकता पाएको देखिन्छ।
उदाहरणको लागि बागमती प्रदेशले २०७८ सालमा ल्याएको सार्वजनिक यात्रुवाहक विद्युतीय ट्याक्सी सेवाको गुणस्तर, सञ्चालन, तथा व्यवस्थापन सम्बन्धी मापदण्डलाई लिन सकिन्छ।
टाटा मोटर्सका अनुसार यतिबेला सबै प्रदेशहरूमा विद्युतीय ट्याक्सी सेवा विस्तार गर्न माग गरिरहेका छन्। यस्ता मागहरू सम्बोधन भएमा यसले देशको यातायात क्षेत्रका साथै पर्यटन उद्योगमा पनि सकारात्मक प्रभाव पार्नेछ।
नेपाल जस्तो अल्पविकसित राष्ट्रको समग्र यातायात क्षेत्रको समयानुकुल एवम् दिगो रूपान्तरणको लागि यस्ता सवारी साधन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ।