टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन बेचेको छ।
कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिङ युनिटमा निर्मित यो गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो।
साढे पाँच वर्ष अवधिमा ५ लाख नेक्सन बेचेको कम्पनीले पछिल्ला सात महिनामा मात्र एक लाख वटा बेचेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सन् २०२० मा फेसलिफ्ट नेक्सन ल्याएपछि यसको बजार विस्तार तीव्र भएको हो।
नेक्सन १२०० सय सिसीको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सिसीको रेभोटर्क डिजेल इन्जिनमा उपल्क्ब्ध छ।
पेट्रोल इन्जिनमा १२० हर्सपावर र १७० एनएमको पिक टर्क क्षमता छ। डिजेलमा १२० हर्सपावरको शक्ति र १७० एनएमको पिक टर्क क्षमता छ।
नेक्सन एसयुभीमा टचस्क्रिन सिस्टम, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्वचालित क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल जस्ता विशेषता छन्।
कम्पनीका अनुसार यसले ग्लोबल एनसिएपीमा पाँचतारे गाडीको मान्यता प्राप्त गरेको छ। नेक्सनको विद्युतीय संस्करण पनि भारतीय बजारमा रूचाइएको छ।