महिन्द्रा एन्ड महिन्द्राले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित एसयुभी 'अल-न्यू स्कर्पियो-एन' को अनावरण गरेको छ। कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कारको संयोजन रहेको नयाँ स्कर्पियो-एनले महिन्द्राको प्रामाणिक एसयुभी हो।
नयाँ स्कर्पियो-एनलाई यसको प्रभावशाली उपस्थिति, हेड-टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र भित्री डिजाइन पुनर्परिभाषित गरी डी-सेगमेन्ट एसयुभी श्रेणीमा डिजाइन गरिएको छ। यसको प्रदर्शनी र क्षमता पनि उच्चस्तरीय छ।
नयाँ स्पर्पियो-एनमा कम्पनीको पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ। ‘ट्विन पिक’ लोगो रहेको यसले साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्छ।
नयाँ स्कर्पियो-एनको अनावरण नेपालसँगै भारत र दक्षिण अफ्रिकामा एकै पटक भएको हो। नेपालको लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुप हो।
द स्कर्पियो-एनको बारेः
द स्कर्पियो-एन ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक सुरक्षा र प्रविधिले भरिपूर्ण छ। नयाँ युगको प्रामाणिक एसयुभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो-एनलाई इञ्जिनियरिङ गरिएको कम्पनीको दाबी छ।
यो एसयुभी १४९.१४ किलोवाट (२०० पिएस) पावर र ३८० एनएम टर्क उत्पादन क्षमताको टिजिडिआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ। यो १२८.६ किलोवाट (१७५ पिएस) पावर र ४०० एनएम टर्कको एमहक (डिजेल) इन्जिन विकल्पमा पनि उपलब्ध छ। दुवै विकल्प म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हिल ड्राइभ विकल्पसहित छ।
द स्कर्पियो-एनमा सिग्नेचर ह्विल आर्चहरू छन्। यसमा बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली छ। यसको ह्यान्डलिङ पनि सहज छ भने गाडीको भित्री डिजाइन पनि आकर्षक छ।
यो एसयुभीमा फर्स्ट-इन-क्लास इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट प्रविधिको साथ सबै भू-भागहरूमा आधिपत्य कायम गर्ने गरी डिजाइन गरिएको छ।