सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयुभी भएको कम्पनीले बताएको छ। टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयुभी बनेको हो।
यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको दावी गरिएको छ। टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाईपछाडी पार्दै आफू शीर्ष स्थानमा हुन सफल भएको थियो।
टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो। फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयुभी बिक्री गरेको छ। यो भनेको गत वर्षको सोहीम हिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो। टाटालेसन् २०२१ को फेब्रुअरीमा भने जम्मा ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो।
प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको कम्पनीको दावी छ।
नेक्सनको बनावट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सब(फोरमिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित भएका कारण धेरै कोरोजाइमा पर्न सफल भएको कम्पनीको विश्वास छ। नेक्सन टाटा मोटर्सका निकै सुरक्षित कारहरु मध्ये लिने गरिन्छ।
फेब्रुअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा हुन्डाईको भेन्यू परेको छ। यो अवधिमा १० हजार २१२ वटा हुन्डाईको भेन्यू बिक्री गरिएको छ। जुन भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो।
यसबाहेक फेब्रुअरीमा सबैभन्दा धेरै बिक्री हुने एसयुभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ। टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गर्यो । यो एसयुभी सुरक्षाको मामिलामा फाइभस्टार रेटिङ्ग पाउने उत्कृष्ट गाडीमा पर्न सफल भएको छ। पाँचौस्थानमा परेको मारुती ब्रेजाले फेब्रुअरीमा ९ हजार २५६ वटा बिक्री गरेको छ।
त्यस्तै, गत महिनामामात्रै ६ हजार ५७५ वटा सेल्टस बिक्री गरेको किया छैंटौँ स्थानमा परेको छ।
सातौं स्थानमा कियाको सोनेट परेको छ। कियाको सोनेट ६ हजार १५४ वटा बिक्री भएको हो। सन् २०२१ को सोही महिनामा ७ हजार ९९७ वटा सोनेट बिक्री भएको तुलनामा यो २३ प्रतिशतले कम हो।
त्यसैगरी, आठौं र नवौं स्थानमा महिन्द्राको थार र एक्सयुभी-३०० परेको छ। कम्पनीले ५ हजार ७२ वटाथार र ४ हजार ५११ वटा एक्सयुभी-३०० बिक्री गर्यो। सन् २०२१ को सोही महिनाको तुलनामा थारको बिक्रीदर ७८.४ प्रतिशतले बढेको हो भने एक्सयुभी-३०० को बिक्रीदर ४२ प्रतिशतले बढेको छ । फेब्रुअरीमा सर्वाधिक बिक्री हुने दश गाडीको दशौं स्थानमा महिन्द्राको एक्सयुभी-७०० परेको छ।