पछिल्लो समय यातायातको सहज माध्यम दुई पाङ्ग्रे सवारी साधन बनेको छ। नजिकको यात्राको लागि मात्र नभइ लामो दुरी यात्राको लागि समेत दुई पाङ्ग्रे चल्तीमा छ।
विशेष बाइकमा यात्रा सहज भन्नेहरू अचेल स्कुटरमै यात्रा गर्छन्। तर लामो दुरी यात्राको लागि आफ्नो साधन पनि भरपर्दो हुन आवश्यक छ।
नेपालमा यतिबेला अप्रिलियाले सन्तोकजनक बजार कमाएको छ। लामो र विशेष कच्ची बाटोको यात्रा भन्ने बित्तिकै अप्रिलिया सहज हुने धेरैको धारणा छ।
नेपालमा अप्रिलियाको स्ट्रोम १२५, एसआर १२५, एसआर १५०, एसआर १५० रेस र एसएक्सआर १६० मोडलहरू उपलब्ध छन्। बढी सिसी हुनुका साथै यसमा भएका विशेषताका कारण अप्रिलियाले बजार लिने कम्पनीको भनाइ छ।
त्यसमध्ये सबैभन्दा राम्रो बजार लिएको अप्रिलिया एसआर १५० मा के–के छन् विशेषता?
इन्जिन प्रकारः सिंगल सिलिन्डर, ३–भल्भ
पावरः ६,७५० आरपिएममा १०.४ पिएस
टर्कः ५,००० आरपिएममा ११.४ एनएम
कुलिङ प्रविधिः एयर कुल्ड प्रविधि
टप स्पीडः १०१ किलोमिटर प्रति घण्टा
इन्धन क्षमताः ६.५ लिटर
माइलेजः ४७–५३ किलोमिटर प्रति लिटर
टायरः ट्युबलेस १४ इन्चको अलोय ह्विल (अगाडि र पछाडि दुवै)
ब्रेकिङ प्रविधिः सिंगल च्यानल एबिएस (अगाडि डिस्क र पछाडि ड्रम ब्रेक)
सस्पेन्सनः अगाडि टेलिस्कोपिक र पछाडि एड्जस्टेबल मोनोसक
ग्राउन्ड क्लेरेन्ः १६० एमएम
ह्विल बेसः १,३६५ एमएम
स्कुटरको लम्बाईः १,९८५ एमएम
स्कुटरको चौडाईः ७०३ एमएम
स्कुटरको उचाईंः १,१६६ एमएम
सिट उचाईंः ७७५ एमएम
डिकी क्षमताः १८ लिटर
कुल तौलः १२२ केजी
नेपाली बजारमा अप्रिलियाको एसआर १५० रातो, सेतो, कालो, निलो र हरियो गरेर पाँच रंग विकल्पमा उपलब्ध छ। कम्पनीले यसको सुरुवाती बजार मूल्य ३ लाख ९ हजार ४०० तोकेको छ।