टिभिएसको थ्री-ह्विलर्स किङ्ग ड्युराम्याक्स प्लस सार्वजनिक भएको छ।
नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सोमबार एक कार्यक्रम आयोजना गर्दै नयाँ थ्री ह्विलर्स सार्वजनिक गरेको हो।
यसले सार्वजनिक सवारी साधनमाझ सकारात्मक प्रभाव पार्ने कम्पनीले विश्वास राखेको छ। नयाँ टिभिएस ड्युराम्याकस प्लसमा २२५ सिसीको इन्जिन जडान गरिएको छ।
जुन चार स्ट्रोक, लिक्विड कुल्ड प्रविधिमा आधारित छ। यसमा भएको इन्जिनले ४ हजार ७ सय ५० आरपिएममा ७.५ किलोवाटको पावर र २ हजार २ सय ७५ आरपिएममा १८ एनएमको टर्क जेनेरेट गर्छ।
यो थ्री-ह्विलर चलाउन चालकलाई सजिलो हुने कम्पनीको भनाइ छ। त्यस्तै यात्रुलाईसमेत यसमा आरामदायक अनुभव हुनेछ। टिभिएस ड्युराम्याक्स प्लसमा भएका विभिन्न विशेषताका कारण यो थ्री-ह्विलर्सले सन् २०२२ सम्म राम्रो बजार ओगट्नेमा कम्पनी सकारात्मक छ।
ड्युराम्याक्स प्लसले प्रति लिटर ३० देखि ३२ किलोमिटरसम्मको माइलेज प्रदान गर्छ।
‘देशमै केही गर्न चाहनुहुने नेपालीहरू माझ हामीले २२५ सिसी क्षमता भएको नयाँ थ्री-ह्विलर्स सार्वजनिक गरेका छौँ। प्रविधि, सुरक्षा, लागत तथा मर्मत सम्भार दृष्टिले अत्यन्त अनूकुल यो सवारी साधन धनीहरूले आफ्नो लगानीको उचित फाइदा पाउनेमा हामी विश्वस्त छौं,’ जगदम्बा मोटर्सका निर्देशक दीपककुमार अग्रवाले भने।
कम्पनीले थ्री-ह्विलर्स ड्युराम्याक्स प्लसको बजार मूल्य ५ लाख ८९ हजार ९ सय तोकेको छ।