भर्खरै मात्र नेपाली बजारमा प्रवेश गरेको सुजुकी डिजायरको नयाँ संस्करणको बाहिरी आवरणदेखि फिचर्ससम्म परिमार्जन गरिएको छ। ग्राहकले यसमा यसको 'लुक्स' देखि 'कम्फर्ट' सम्म फरक अनुभूति गर्ने कम्पनीले जनाएको छ।
सन् २०२१ को डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसियासँगै आधुनिक उड फिनिस इन्टेरियर छ। यसले डिजायरलाई प्रिमियम लुक्स दिएको छ।
यसमा आइएसएस फंसनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भिभिटी बिएस ६ इन्जिन छ। ११९७ सिसीको यो इन्जिनले ६६ किलोवाट पावर र ११३ एनएक टर्क उत्पन्न गर्छ।
नयाँ इन्जिन पहिलेभन्दा फरक रहेकाले कार्यक्षमता बढाउनुका साथै घर्षण कम गर्ने सिजी मोटोकर्पका सेल्स कन्सल्टेन्ट शशी पन्थीले जानकारी दिए। म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दावी छ।
यसमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टी इन्फर्मेसन टिएफटी डिस्प्ले प्रयोग गरिएको छ। यो गाडीमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रुमेन्ट प्यानललाई प्राकृतिक चमकसहितको फिनिसिङ दिएको छ। नयाँ डुअल टोनको सिटले क्याबिनको आकर्षण बढाएको पन्थीले बताए।
त्यस्तै यसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडिओ टच इन्फोटेन्मेन्ट सिस्टम जडान छ।
सुरक्षाका लागि एजिएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिलहोल्ड फंसन छ। यसले गाडी चिप्लिन बचाउनुका साथै उकालोमा रोकिनुपर्ने अवस्थामा सहज रूपमा गाडीलाई पिक लिन मद्दत गर्छ।
यसमा फ्रन्ट र रियर दुवै ब्रेकका आकार ठूलो छ। जसले गर्दा ब्रेकिङ सजिलो बनाउनुका साथै छिट्टै बिग्रिने समस्या आउँदैन।
नयाँ डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्ट्रेन सिस्टम र इबिडीसहितको एबिएस छ। यही संस्करणमा डिजायर सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आइएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स फिचर राखिएको छ।
कम्पनीले डिजायर भिएक्सआइको मूल्य ३४ लाख २९ हजार र डिजायर जेडएक्सआइको मूल्य ३७ लाख ७९ हजार निर्धारण गरेको छ।