‘टिभिएस जुपिटर क्लासिक’ बजारमा, मूल्य १ लाख ८९ हजार ९००


टिभिएस मोर्टसको नेपालको लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट प्रिमियर लिगको फाइनल म्याचको दौरान यसको सार्वजनिक गरेको हो ।

एभरेष्ट प्रिमियर लिगको फाइनलमा भैरहवा ग्लाडिएटर र बिराटनगर वारियर बिच फाइनल खेल भएको थियो । टिभिएस एभरेष्ट प्रिमियर लिगको मुख्य प्रायोजक रहेको थियो । टिभिएसले जुपिटर क्लासिक एडिसनमा थुप्रै फिचरहरुको अपग्रेड गरेको छ ।

चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिन्छ । यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्टफुल क्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जाना बस्न मिल्ने सिट लगायतका सुबिधा छन् ।

‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ सावजनिक गर्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने, ‘टिभिएस जुपिटर क्लासिकले भारतीय बजारमा निकै ठूलो सफलता पाएपछि हामीले नेपाली बजारमा ल्याएका हौं । यो स्कुटरले भारतीय बजारमा सनसनी पूर्ण उपलब्धि हाँसिल गरेको छ । हामीलाई विस्वास छ नेपाली बजारमा समेत त्यस्तै सफलता पाउने छौं ।’

टाईमलेस क्लासिकको हलमार्क जस्तै भएको छ । हामीले सधै हाम्रा ग्राहकहरुले देख्नेगरी जुपिटरमा परिर्वतन गर्दै ल्याएका छौं । यसको युनिक फिचर भनेको कभर स्टाइल, व्यवहारिकपन र मूल्य हो ।

‘हामीलाई विस्वास छ,’ उनले भने  ‘टिभिएस जुपिटर’ माथी जसरी लाखौ ग्राहकले विस्वास गर्नु भएको थियो त्यो भन्दा अझै बढी ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ले पाउने विस्वास हामीले लिएका छौं ।’

‘ टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ ।
पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्चकोटीको सवारी साधन देख्न्छि ।

चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ । जसले हाम्रो अर्थ व्यवस्थामा सहयोग पुग्छ ।

टिभिएस जुपिटर क्लासिकको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । नेपालभर रहेका हाम्रा सम्पूर्ण डिलर र शोरुम बाट पाउन सकिने छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.