टाटा मोटर्सको नयाँ शोरुम जनकपुरमा


भारतीय अटो मोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको जनकपुरका लागि आधिकारिक वितरक गिरिजा अटोमोवाइल इन्टरप्राइजेजले शोरुम सञ्चालनमा ल्याएको हो ।

जनकपुरको मुजेलीयामा आज समुद्घाटित नयाँ शोरुम ३८०० वर्गफिट क्षेत्रफलमा फैलिएको छ जुन जनकपुरमै सवैभन्दा ठूलो हो ।

शोरुमको उद्घाटनको सन्दर्भमा टाटा मोटर्सकाअन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयज्यूले भने–“नेपाल टाटा मोटर्सका लागि महत्वपूर्ण वजार रहेको छ र नयाँशोरुमको सञ्चालनग्राहकलाई किनाईको राम्रो अनुभूति दिलाउने दिशामा लिइएको प्रयत्न हो । टाटा मोटर्सले ग्राहकलाई केन्द्रिविन्दु मानेर सुविधा पु¥याउँदै आएको छ ।

उद्घाटन समारोहमा वोल्दै सिप्रदीका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले भने –“गिरिजा अटोमोवाईल र टाटा मोटर्ससँग सहकार्यलाई निरन्तरता दिन पाउँदा हामीलाई धेरै खुशी लागेको छ ।

यो नयाँवितरक नियुक्ति हाम्रो देशभर सञ्जाल विस्तार गरी ग्राहकको नजिक पुग्ने प्रयत्नकै परिणाम हो । जेष्ट, बोल्ट, स्टोर्मी, हेक्सा, टियागो र टिगोर जस्ता उत्कृष्ट गाडीहरुको उपलब्धतासँगै उत्कृष्ट शोरुमको सञ्चालनले हाम्रा सवै ग्राहक राम्ररी लाभान्वित हुने विश्वास हामीले लिएका छौं ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.