बजारमा लिचीको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
बुधबार कालीमाटी बजारमा लिची प्रतिकिलो न्यूनतम दुई सय ५० देखि दुई सय ७० रूपैयाँमा कारोबार भएको छ।
दुई/तीन अघिको तुलनामा यो प्रतिकिलो ४० रूपैयाँसम्म महँगो हो।
दुई/तीन अघि कालीमाटी बजारमा लिची प्रतिकिलो न्यूनतम दुई सय १० देखि अधिकतम दुई सय ३० रूपैयाँमा कारोबार भएको थियो।
बजारमा लिचीको आपूर्ति घटेसँगै मूल्य बढ्न थालेको फलफूल व्यवसायीहरूले बताएका छन्।
समितिको तथ्यांक हेर्दा पछिल्लो समय भारतीय लिची आएको देखिँदैन। स्वदेशी उत्पादनले माग धानिरहेको छ।