बजारमा गाजरको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक हेर्दा सोमबार कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम ७५ देखि अधिकतम ८५ रूपैयाँ किलोमा कारोबार भइरहेको छ।
एक साताअघिको तुलनामा यो प्रतिकिलो दश रूपैयाँले बढी हो।
एक साताअघि कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम ५५ देखि अधिकतम ६५ रूपैयाँ किलोमा कारोबार भइरहेको छ।
त्यस्तै, तराई गाजर बजारमा प्रतिकिलो थोक मूल्य ४० देखि ५० रूपैयाँमा कारोबार भइहरेको छ।
आपूर्तिका आधारमा मूल्य घटबढ हुन्छ।
अहिले बजारमा गाजरको सिजन सकिन लागेकाले मूल्य बढिरहेको व्यवसायीहरू बताउँछन्।