बजारमा सुकेको प्याजको भाउ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार सोमबार कालीमाटी बजारमा प्याज प्रतिथोक मूल्य ४० देखि ४२ रूपैयाँमा कारोबार भइरहेको छ।
एक महिनाअघि बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ५३ देखि ५८ रूपैयाँमा बिक्री भइरहेको थियो।
बजारमा प्याजको भाउ घटबढ भइरहेको छ। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ।
अहिले नेपाली प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।
भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।
थोक मूल्य घटेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि घटेको छ।