बजारमा स्कुसको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा आइतबार स्कुसको प्रतिकिलो थोक मूल्य ५० देखि ६० रूपैयाँमा बिक्री भइरहेको छ।
शनिबार स्कुस प्रतिकिलो थोक मूल्य ३० देखि ४० रूपैयाँमा बिक्री भएको थियो।
शनिबारको तुलनामा आइतबार स्कुस प्रतिकिलो २० रूपैयाँ बढेको हो।
बजारमा स्कुसको आपूर्ति बढेकाले मूल्य थोरै बढेको कालीमाटी बजारका होलसेल व्यापारीहरू बताउँछन्।
होलसेल मूल्य बढेसँगै स्कुसको खुद्रा मूल्य पनि बढेको छ।